उर्लाबारी महोत्सव सम्पूर्ण तयारी पूरा






११ पौष, उर्लाबारी।
मोरङको उर्लाबारीमा भोलिबाट सुरु हुने 'उर्लाबारी रिमझिम महोत्सव'को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव सञ्चालनका लागि स्टल तथा स्टेज निर्माण गर्ने काम सकिएको आयोजक सञ्चार क्लव नेपाल उर्लाबारीका सचिब तेजन खड्काले जानकारी दिए। महोत्सवले आन्तरिक पर्यटन प्रबर्द्धनका साथै व्यापार व्यवसायमा बृद्धि हुने विश्वास गरिएको छ ।
पूर्वी मोरङको पत्रकारहरुको साझा संगठन सञ्चार क्लब नेपाल उर्लाबारीको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवमा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा साँस्कृतिक कार्यक्रमका साथै व्यापारीक स्टलहरु समावेश गरिनेछ । रोटेपिङ, सरकस, फिरफिरे रेस, दामा रेसलगायतका मनोरञ्जनात्मक खेलतमासहरु समेत महोत्सवमा सञ्चालन गरिने छन् ।





सञ्चार क्लबको आयोजनामा उर्लाबारीमा रिमझिम महोत्सव सञ्चालन गरिएको यो दोस्रो पटक हो । यसअघि सञ्चार क्लबले २०६४ सालमा एकमहिने महोत्सव लगाएको थियो । पौष ४ गतेबाट सुरु गरिने भनिएको महोत्सव विबिध कारणबस सरेकोले भोलिबाट उद्घाटन हुने आयोजक समितिका सचिवाल संयोजक सरोज बस्नेतले जानकारी दिए।
महोत्सव सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष रूपेन्द्र शेर्माको संयोजकत्वमा सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको छ । क्लवका अध्यक्ष शेर्माका अनुसार महोत्सवको प्रचारप्रसार तिब्र पारिएको छ ।



Comments