ठक्करबाट एक बृद्धको मृत्यु







१६ पौष, दमक।
झापाको लखनपुरमा मंगलबार साँझ अज्ञात सवारी साधनको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लखनपुर -१ मा अज्ञात सवारी साधनको ठक्करबाट नामथर, वतन नखुलेको अन्दाजी ६५ बर्षिय एक वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधनको ठक्करबाट टाउकोमा गहिरो चोट लागेका उनको धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।
घटनास्थलमार् इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटी घाइतेलाई अस्पताल पुर्‍याएको थियो ।
ठक्कर दिने फरार सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments