खुकुरी प्रहारबाट रहर घाइते




९ पौष, दमक।
झापाको खुदुनाबारीमा छिमेकीको खुकुरी प्रहारबाट एक किशोर गम्भीर घाइते भएका छन् ।
आपसी बिवादका क्रममा मंगलबार साँझ ७ बजेतिर खुदुनाबारी ८ का २९ बर्षिय रामकुमार राईले १८ बर्षिय रहर राईको टाउकोमा खुकुरीले प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्त रामकुमार राईलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।
-->

Comments