मगरहरु एकजुट हुनु पर्नेमा अगुवाहरूको जोड




डिकेश लामा,
१२ पौष, वेलडाँगी।
विश्वका मगरहरु एक हुनु पर्नेमा जोड दिँदै विश्व बौद्ध मगर संगठनले आज १ दिने जनजागृति सचेतना गोष्ठी शरणार्थी शिविर बेलडाँगीमा सम्पन्न गरेको छ ।
गोष्ठीमा भारतको आसामबाट आएका देव सिंह सिंजाली मगर, संगठनका नेपाल संयोजक सावित्रा पुलामी मगर, पदाधिकारी धनमाया मगर, भूटानी शरणार्थी शिविरका शेरबहादुर सिंजाली मगर, भिम मगर, संचारकर्मी डिकेश लामा लगायतले आ-आफ्ना विचार राखेका छन् । नेपालकी संयोजक पुलामी मगरले मगर जाति आफ्नै भाषा, लिपि, संस्कार, सँस्कृति, भेषभूषा भएको धनी जाति भएको र यो जातिमा भएको विविधतालाई एकतामा ल्याउनु पर्नेमा जोड दिइन् ।



बाल विवाह रोक्ने, सामाजिक अवान्छनीय कृयाकलापलाई निरुत्साहित गर्ने, मगरहरुको एकता कायम गर्न विश्वभरि रहेका मगरमा सूचना सम्प्रेषण गर्ने, साँस्कृतिक शीप, कला, भाषा, संस्कार, भेषभुषामा जोड दिने लगायत महत्वपूर्ण बुँदाहरुमा समेत छलफल भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
कार्यक्रमका सहजकर्ता मगर जातिका अगुवा नरबहादुर खपाङ्गी मगरले भूटानी शरणार्थी शिविरमा भएका मगर जाति र नेपाल, भारत तथा तेस्रो देशमा भएका मगरहरुको धर्म, संस्कार, सँस्कृति लोप हुँदै गएकोले सवैले यसको संरक्षण जोड दिनु पर्ने बताए ।

Comments