बसको ठक्करबाट वृद्धको मृत्यु




३ पौष, मोरङ।
मोरङको केराबारीमा आज विहान भएको सडक दुर्घटनामा एक वृद्धको ज्यान गएको छ ।
केराबारी धरान सडकअन्तर्गत केराबारी ७ मा विहान ८ बजे को १ ख २७५९ नम्बरको बसको ठक्करबाट स्थानीय ७० बर्षिय पैदलयात्री डम्बर सिंह रसाइलीको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा बिहान पौने ९ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस इलाका प्रहरी कार्यालय केराबारीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीको भनाई छ।





Comments