आप्रवासन दिवसको अवसरमा महिलाहरूको र्‍याली तथा कोणसभा






सौखिन बान्तावा
३ पौष, कोशीहरैचा।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा महिलाहरुले मोरङको कोशीहरैचाको विराटचोकमा र्‍याली तथा कोणसभाको आयोजना गरेका छन् ।
पौरखी नेपाल शाखा मोरङ तथा स्थानीय शुभम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।
दुई सय बढी महिलाहरुको सहभागीता रहेको र्‍यालीले विराटचोक परिक्रममा गरेको थियो ।

र्‍यालीपछि आयोजित कोणसभालाई पौरखी नेपाल शाखा मोरङका अध्यक्ष उमा सेढाई, शुभम बचतका अध्यक्ष लक्ष्मी राई मल्ल, महिला अधिकारकर्मी कमला मास्के लगायतले सम्बोधन गरेका थिए।



Comments