फाउण्डेसनले दियो शाक्य र नेपाललाई वधाई




६ पौष, उर्लाबारी।
नेपाली कांग्रेस निकट भातृ संघठन नेपाल तरुण दल मोरङ जिल्ला सचिवमा निवार्चित सचिन शाक्य र नेपाल महिला संघ मोरङ क्षेत्र नं. ९ सभापतिमा निवार्चित गोमा नेपाल (सापकोटा) लाई भिजन फाउन्डेशन नेपाल उलावारीले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । फाउन्डेशनका कोषाध्याक्ष समेत रहेका शाक्य र फाउन्डेशनबाट संचालनमा आएको उलावारी सार्वजनिक पुस्ताकलयको सल्लाहकार रहेकी नेपाललाई फाउन्डेशनले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजन गर्दै बधाई दिइएको हो ।




फाउन्डेशनका अध्यक्ष राजु लामाको सभापत्विमा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक व्यक्तिहरुका साथै फाउन्डेशनका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको कार्यक्रमले आफूमा राजनितिमा सक्रिय रुपमा लागिपरिरहन अझ प्रेरणा मिलेको नवनिवार्चित मोरङ जिल्ला सचिव शाक्यले बताए । साथै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि उनले जिकिर गरे । समय अभावका कारण करीव १ वर्ष आफूले फाउन्डेशनलाई चाहेजति समय दिन नसकेकोमा आत्माआलोचना गर्दै आगामी दिनहरुमा फाउन्डेशनले गर्ने हरेक कार्यहरुमा आफ्नो उपस्थित रहने पनि उनले बताए ।
महिलाको हकहितका लागी आफू सदैव लागिपरेकोले नै आफू आज यस स्थानसम्म आइपुगेको स्मरण गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अगाडी बढ्ने महिला संघ मोरङ क्षेत्र नं. ९ सभापति गोमा नेपालले बताइन्।
सामाजिक कार्यमा सक्रिय हुँदै आइरहेको फाउन्डेशनमा यस किसिमको नेत्तृतदायी क्षमता भएकाहरुको सहभागीता रहनु ज्यादै खुसीको कुरा रहेको फाउन्डेशनका अध्यक्ष राजु लामाले बताए । राजनीतिसँगसँगै सामाजिक कार्यमा पनि अझ सशक्त रुपमा लागि पर्न उनले शाक्य र नेपाललाई सुझाब दिए।
कार्यक्रममा समाजसेवी जयधर्म आचार्यले नवनिर्वाचितहरुलाई बधाई दिँदै आगामी दिनमा यूवा तथा महिलाको हकहितमा लागी पर्न जोड् दिएका थिए ।




Comments