घरमा आगलागी हुँदा एक किशोरको ज्यान गयो





११ पौष, मोरङ।
मोरङ्गको लेटाङ्ग भोगटेनी नगरपालिका ११ मा आज बिहान एक घरमा भएको आगलागीमा परी एक किशोरको मृत्यु भएको छ ।
विहान १० बजेतिर विद्युत सर्ट भई स्थानीय ज्ञान बहादुर लिम्बुको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका उनका १५ बर्षिय भतिज सुरेश लिम्बुको जलेर मृत्यु भएको हो । आगलागीबाट टिनको छानो भएको १ तले कच्ची घर पूर्ण रुपमा जलेर क्षति भएको र करिव ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानियवासी र ईलाका प्रहरी कार्यालय लेटाङ्बाट गएको प्रहरी टोलीको सहयोगमा दिउँसो सवा बजे नियन्त्रणमा आएको थियो ।


Comments