२८ किलो सुनसहित भारतमा दुई नेपाली पक्राउ





३ पौष, दमक।
२८ केजी सुनसहित सीमावर्ती भारतीय शहर सिलिगुढीमा बिहीबार दुई नेपाली पक्राउ परेका छन् । सिलिगुढीबाट पक्राउ परेका उनीहरुलाई हाल भारतको केन्द्रीय कर विभागको हिरासतमा राखिएको छ ।
सिलिगुढीको सिटी सेन्टरबाट आङकर्मा शेर्पा र विष्णु फूयाँललाई भारतीय कर विभागको इण्टिलिजेन्स ब्युरोले पक्रेको हो । उनीहरु दुवैजना काठमाडौंका बासिन्दा रहेको भारतीय प्रहरीले जनाएको छ, तथापि पूरै ठेगाना खुलाइएको छैन।

उनीहरुलाई साँझ ६ बजे सिलिगुढीमा सार्वजनिक गरिएको भारतीय प्रहरीले जनाएको छ । थप दुई भारतीय नागरिक पनि पक्राउ परेको घटनामा २७.९७४ केजी सुन बरामद भएको छ, जसको बजार मूल्य ७ करोड ६४ लाख भारतीय रुपैयाँ रहेको प्रहरीको भनाई छ ।


Comments