छुरा प्रहारबाट एक घाइते




३ पौष, मोरङ।
मोरङको बेलबारीमा बुधबार राति स्थानीय एक युवकको छुरा प्रहारबाट अर्का एकजना घाइते भएका छन् ।
बेलबारी ६ बस्ने २८ वर्षिय चन्द्रबहादुर लिम्बुलाई गएराति साढे ११ बजेतिर स्थानीय मुक्ते गुरुङले वादविवाद हुँदा पेटमा छुरा प्रहार गरी घाइते बनाएका हुन् ।
पेटमा छुरा लागेका लिम्बुको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
छुरा प्रहार गर्ने फरार रहेकाले खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।




Comments