पत्रकारसहित ४ सम्मानित




४ पौष, सुरुङ्गा ।
कनकाई छठ पूजा सेवा समितिले आफ्नो दोस्रो साधारण सभाको अवसर पार्दै एक पत्रकारसहित ४ जनालाई सम्मानित गरेको छ ।
कार्यक्रममा छठ पूजा समितिका गतिविधिहरुलाई सञ्चारको माध्यमबाट प्रकाशमा ल्याएको भन्दै सुरुङ्गा प्रेस क्लबका सचिव समेत रहेका जन-संसद् दैनिक तथा कञ्चनजंघा एफएमका सुरुङ्गा सम्बाददाता रामप्रसाद निरौलालाई सम्मान गरिएको हो ।





त्यसैगरी छठ पूजाको परम्परालाई अघि बढाउन प्रमुख भूमिका खेलेको योगदानको उच्च कदरस्वरुप पवनकुमार शाहलाई सम्मान गरियो भने मरणोपरान्त स्व. मुरलीधर सोनी र स्व. राजदेव शाहलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा स्व. सोनीकी धर्मपत्नी उमादेवी सोनी र स्व. शाहकी धर्म पत्नी मालतीदेवी शाहलाई फूलमाला, खादा र सम्मान पत्रले सम्मानित गरियो । अध्यक्ष चन्दन शाहको सभापतित्व र उपाध्यक्ष किशनकुमार सोनीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष शाहले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिवशंकर महासेठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समितिका सल्लाहकारहरु जगतनारायण मण्डल, राजकिशोर चौधरी, नवलकिशोर दत्त, सम्मानित व्यक्तित्वद्वय पवनकुमार शाह र रामप्रसाद निरौलाले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन खगेन्द्र महतोले गरेका थिए ।







Comments