सुम्निमाद्वारा शैक्षिक सामाग्री वितरण





१२ पौष, लखनपुर।
झापाको लखनपुर-१ स्थित सुम्निमा कृषि सहकारी संस्थाले लखनपुर-८ को सरस्वती माविका २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थाले सो विद्यालयमा कृषि प्राविधिकतर्फ अध्ययनरत गरिव तथा जेहेन्दार २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । विद्यालयमा आज एक कार्यक्रम गरी विद्यार्थीहरुलाई कपी, कलम लगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रमोद कुमार दाहालले जानकारी दिए।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग सम्बाहाम्फेको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी पूर्णानन्द शर्मा, गाविस सचिव राजकुमार शाक्य, विद्यालयका प्रअ दुर्गाप्रसाद सेढाईं लगायतकाले बोलेका थिए ।


Comments