आठौं चरण सकिँदा चारजना पहिलोका दावेदार



१४ पौष, दमक।
झापाको दमकमा जारी चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उपाधि होड रोमाञ्चक भएको छ । प्रतियोगिताअन्तर्गत आज भएको आठौं चरणको खेलको समाप्तिसँगै चार खेलाडीले समान ७ अंक जोडेपछि खेल रोमाञ्चक स्थितिमा पुगेको हो ।
उपाधिका मुख्य दावेदार मानिएका भारतका विपुल सुवासी र अनुराग जैसवालले आठौं चरणमा बरावरी खेल्दै अंक बाँडेपछि आठौं चरणमा जित हात पारेका नेपालका जनार्दन श्रेष्ठ र भारतका आसुतोस कुमारसमेत सात अंकका साथ शिर्षस्थानमा रहन सफल भए ।



प्रतियोगितामा अपराजित रहेका सुवासी र जैसवालले सातौं र आठौं दुवै चरणको खेलमा वरावरीमा चित्त बुझाए । सुवासीले भने आठौं चरणमा नेपालका हिमाल लामालाई पराजित गरे ।
प्रतियोगितामा नेपाली खेलाडीको उपाधि होड जिवितै राख्ने क्रममा जनार्दन श्रेष्ठले नेपालकै रुपेश जैसवाललाई पाखा लगाए ।
प्रतियोगितामा आठौ चरणमा जित हात पारेका डि पि सिंह र नेपालका विवेक थिङ संयूक्त रुपमा दोश्रो स्थानमा रहेका छन । त्यस्तै नेपालका पुरुषोत्तम चौलागाई, रुपेश जैसवाल, हिमाल लामा र मदनकृष्ण कायस्थ तथा भारतका सुधिर कुमार सिन्हा, राहुल गुरुङ, तेण्डुप तामाङ, सौरभ रुप र रौनक मण्डल संयूक्त रुपमा तेश्रो स्थानमा रहेका छन् ।


Comments