शिविरमा तमु ल्होसार




१६ पौष, वेलडाँगी।
विशेष गरी गुरुङ्ग जातिले मान्ने तमु ल्होसारको अवसरमा भूटानी शरणार्थीहरुले गरेको ३ दिने कार्यक्रम आजराति मध्य १२ बजे समापन हुँदैछ। ।
पौष १४ गतेदेखि शुरु गरिएको २५९९ औं तमु ल्होसार कार्यक्रममा गुरुङ्ग जातिहरुको साँस्कृतिक नृत्य, भेषभूषा प्रदर्शनी, गायन, खेलकूद, पूजा अर्चना लगायतका कार्याक्रम गरिएका छन्। १४ गतेदेखि विश्वका मानव, प्राणी जगतको शान्तिको कामना गर्दै ९ जना लामाहरुले सामूहिक बौद्ध ग्रन्थका पाठ गरेका छन् ।




बुधबार बेलडाँगी ३ को बौद्ध गुम्बाको मैदानमा भएको औपचारिक कार्यक्रममा नेपाल, भूटान, भारत लगायतका देशबाट करिव ढेड सय अथितिहरु आएको कार्याक्रमका सभापति तथा तमु छोँ धी भूटानका केन्द्रीय अध्यक्ष राजमान गुरुङ्गले बताए ।
तमु ह्यूल छोँ धी गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिति झापा अध्यक्ष आनन्द गुरुङ्गको प्रमुख आथित्यमा भएको कार्याक्रममा गुरुङ्ग जातिका विभिन्न स्थान र संगठनका पाहुना, भूतपूर्व शिविर सचिवहरु, शिविरका अगुवा, संचारकर्मी लगायतको उपस्थिति रहेको छ। २५९९ औं तमु ल्होसारले घोडा (ता) बर्षलाई विदा गरी लुक अर्थात भेडा बर्षको स्वागत गरेको गुरुङ्गका अगुवाहरुले बताएका छन् ।
कार्यक्रमलाई भव्य बनाउन कार्यक्रम स्थल आसपास विभिन्न खेल, तमासा समेतको आयोजना गरिएको छ ।


Comments