दुई महिनादेखि बेपत्ता शरणार्थीको खोजी गरिदिन माग





२५ मंसीर, दमक।
स्वदेश फिर्ति आन्दोलनको पक्षमा रहेका एकजना भुटानी शरणार्थीलाई शिविरबाटै अपहरण गरिएको भन्दै परिवारका तर्फबाट उनको जीवन रक्षाका लागि अपिल गरिएको छ ।
झापाको बेलडाँगी-२ स्थित भुटानी शरणार्थी शिविर सेक्टर इ ३ को छाप्रो नम्बर ४३/४४ मा बस्दै आएका ५१ वर्षीय लोकनाथ आचार्य गत असोज ३० गते घरबाट हिँडेका र अपहरणमा परेको भन्दै स्थिति सार्वजनिक गर्न माग गरिएको हो । आचार्यको श्रीमती देवीमायाले आफूलाई भारतको जलपाइगुडी पुगेर फर्कन्छु भनी गएका श्रीमान् दुई महिनासम्म नफर्केका र पछि भुटानको केन्द्रीय कारगारमा पुर्‍याएको सुन्नमा आएको बताइन्।



सामान्य च्याउ व्यवसाय गरेर बसेका आचार्यलाई हाल भुटानको वाङदिफोराङ सेन्ट्रल जेलमा थुनिएको सुन्नमा आए पनि त्यसबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन नसकेको देवीमायाको गुनासो छ । आफ्ना श्रीमानको अवस्थाबारे जानकारी पाए सान्त्वना मिल्ने भन्दै उनले मानव अधिकारकर्मी लगायतसँग हारगुहार थालिएको बताइन। । बिहीबार नै देवीमायाले आचार्यको जीवन रक्षाका निम्ति आग्रह गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष अपिल पठाइएको जानकारी दिइन्। । त्यस्तै झापास्थित मानव अधिकारवादी संस्थाहरुमा समेत ज्ञापनपत्र बुझाइएको जनाइएको छ ।
आचार्यका ८२ वर्षीय बाबु र ८१ वर्षीया आमा, श्रीमती देवीमाया, एक छोरी र एक छोरा रहेका छन् ।





Comments