हर्षोल्लासका साथ राष्ट्रिय दिवस मनाइयो





डिकेश लामा,
२ पौष, बेलडाँगी ।
झापाको दमकस्थित भूटानी शरणार्थी शिविर वेलडाँगीमा १०७ औं भूटान राष्ट्रिय दिवस भव्य तथा हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाइएको छ ।
आज शरणार्थी शिविर बेलडाँगी र शनिश्चरे मोरङ्गको आयोजनामा दिवस मनाइएको कार्यक्रमका सभापति एवम् अगुवा शिविर सचिव सन्चहाङ्ग सुब्बाले बताए । सुव्बाका अनुसार भूटानमा रहँदा मनाइने राष्ट्रिय दिवसलाई स्मरणीय बनाउन र भूटानी शरणार्थीहरुलाई राष्ट्रिय एकतामा बाँध्न यस्तोखाले कार्यक्रम गरिएको हो ।




कार्यक्रममा सहभागी करिव २ सय पाहुनालाई भूटानी राष्ट्रिय खाना इमादाछी खुवाउने र भूटानी राष्ट्रिय विशेषताको बारेमा बताउने गरेको शनिश्चरे शिविर सचिव चम्पासिंह राईले बताए।
कार्यक्रममा जोङ्खा नृत्य, गीत, राष्ट्रिय पोशाक प्रदर्शनी, आर्चरी (तीर हान्ने)लगायतका भूटानी दिवस झल्कने कुराहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम स्थललाई वरिपरी भूटानको झण्डा र नक्सा टाँगेर तथा ठूला ठूला गेट निर्माण गरी झपक्क पारिएको थियो ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा यूएनएचसीआर, विश्व लुथरन फेडरेशन, टीपिओ नेपाल, आम्दा, राजनैतिक अगुवा, भूतपूर्व सचिवहरु, संचारकर्मी तथा सामाजिक अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।




यसैबीच जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले स-सम्मान स्वदेश फिर्तीको माग गर्दै कार्यक्रम स्थल वरिपरि व्यानर तथा पर्चा टाँस गरेको छ । समितिका प्रवक्ता सन्तविर घलेको संयोजनमा स्वदेश फर्कन चाहाने शरणार्थीको मुद्दालाई भारत तथा नेपाल सरकारले तत्काल सुनवाई गर्नु पर्ने बताएका छन् ।




Comments