लिम्बुवान गेट रंगरोगन कार्य सम्पन्न






सन्देश सुब्बा इङ्वा
१६ पौष पाँचथर।
पाँचथर सदरमुकाम फिदिम बजारको मेन रोडमा अवस्थित लिम्बुवान गेटको रंगरोगन गरिएको छ ।२०६२/६३ को दोस्रो जनआन्दोलनपछि लिम्बुवान गेट नामकरण गरिएको उक्त गेटलाई फिदिम नगरपालिका र अन्य दाताहरुको आर्थिक सहयोगमा रंगरोगन गरिएको हो । उक्त गेट रंगरोगनको लागि नगरपालिकाको कार्यालयले ५० हजार र अन्य दाताहरुको १० हजार गरी कुल ६० हजार रूपैयाँ लागतमा रंगरोगन कार्य सम्पन्न भएको लिम्बुवान गेट संरक्षण समितिका अध्यक्ष प्रशान्त आङ्वोले जानकारी दिए ।



Comments