२९ मंसीर, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङ र झापामा आज भएका सडक दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
मोरङको बेलबारीमा आज बिहान साढे ११ बजेतिर स्कुटर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा स्कुटरमा सवार एकजना घाइते भएका हुन्।
पूर्व पश्चिम राजमार्गको बेलबारी ३मा मे ६ प २६५ नम्बरको स्कुटर र को ३ प ७९०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटरका चालक झापाको दमक-६ का २१ बर्षिय निरज धिमाल घाइते भएका हुन् । उनको टाउकोमा गहिरो चोट लागेकोले उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको वेलबारी प्रहरीले जनाएको । दुबै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
यता झापाको कन्काई नगरपालिका ७ मा आज बिहान ट्याक्टरमा बस ठोक्किँदा बसमा सवार चारजना घाइते भएका छन्।
मे १ त ७८१ नम्बरको ट्याक्टर बिग्रिएर रोकिराखेको अवस्थामा पूर्वबाट पश्चिम आउँदै गरेको ना ४ ख ५८७ नम्बरको बस ठोक्किई दुर्घटना भएको हो । ठक्करबाट बसका एक सहचालक र तीन यात्रु घाइते भएका हुन् । घाइते चारैजनाको स्थानीय अस्पताल सुरुङ्गामा सामान्य अवस्थामा उपचार भएको प्रहरीले जनाएको छ।
ट्याक्टर, बस र बसका चालक झापा बुधबारे १ का बिनोद राईलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।
Comments
Post a Comment