पाँचौं चरणमा आइपुग्दा भारतीय खेलाडीहरूको दवदवा





१२ पौष, दमक।
झापाको दमकमा जारी चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत पाँचौं चरणको खेलको समाप्तीसँगै भारतीय खेलाडीहरुले दबदबा कायम गरेका छन् । प्रतियोगिताअन्तर्गत शनिवार भएको पाँचौं चरणका खेलमा जीत हात पारेका भारतका विपुल सुवासी (२१८४), राकेश गुरुङ (१९९४), आसुतोस कुमार (१९०९) र अनुराग जैसवाल (१९०७) समान ५ अंकका साथ शीर्षस्थानमा रहन सफल भएका हुन् । पाँचौ चरणमा अपराजित रहेका सुवासीले नेपालका रुपेश जैसवाल (१९७३) तथा गुरुङले नेपालकै हिमाल लामा (१९३७)लाई पराजित गरे ।
त्यस्तै अनुराग जैसवालले भारतकै नेहा सिंह (२०३७) र आसुतोस कुमारले नेपालका पुरुषोत्तम चौलागाई (१९७२) लाई पाखा लगाए ।



पाँचौं चरणमा हार वेहोरेका रुपेश जैसवालले नेहा सिंह र हिमाल लामासँगै बरावरी खेलेका भारतका रुपेस रंजन (१८७९), सुधिर कुमार सिन्हा (२१४०) र सौरभ रुप समान चार दशमलब ५ अंक जोड्दै दोश्रो स्थानमा रहेका छन्। त्यस्तै तेश्रो चरणमा इन्टरनेसनल मार्स्टस डि पि सिंहलाई पराजित गरेका राहुल गुरुङ (१९०१), तेण्डुप तामाङ तथा नेपालका रिजेन्द्र राजभण्डारी (२११०), कृष्ण थापा (२०४०), बद्रिलाल नेपाली (२०३४), जनार्दन श्रेष्ठ (१९९९), बंगलादेशका साइमन सिद्धिकि रहेमन (१७७८) रौनक मण्डल (१८२७), भोज वहादुर क्षेत्री (१६५०), सुमन श्रेष्ठ (१७८९) र विना बरीयताका सुरज रोय पनि समान चार अंक जोड्दै संयूक्त रुपमा तोश्रो स्थानमा रहन सफल भएका छन् ।
तेश्रो चरणमा पराजित भएका प्रतियोगिताकै शिर्ष वरियतामा रहेका भारतका इन्टरनेसनल मार्स्टस डि पि सिंह (२२२१) भने पाँचौं चरणमा बरावरी खेल्दै ३ दशमलब ५ अंकका साथ चौथो स्थानमा रहेको प्रतियोगिताका चिफ आर्विटर उमेश केसीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत आइतबार छैंठौं र सातौं चरणका खेलहरु हुनेछन् ।

फोटो - प्रतियोगितामा पाँचौ चरणमा प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।




Comments