मानसरोवर कलेजको बार्षिकोत्सव सम्पन्न






१४ पौष, दमक।
झापाको दमक-१५ स्थित मानसरोवर इन्ष्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलेजी (मिष्ट कलेज)ले आफ्नो छैठौं बार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाएको छ । कलेज प्राङ्गणमा भएको सो बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुको पूनर्मिलनसँगै नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए।

कलेजका अध्यक्ष डाक्टर गोपाल प्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभिटी )का पूर्वाञ्चल क्षेत्रीय निर्देशक डा. शिव दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लाइफलाइन अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष बालचन्द्र सुब्बा, ढुकुरपानी उमाविका प्राचार्य लीला प्रसाद खनाल, डिल्लीप्रसाद न्यौपाने, लेखनाथ भट्टराई लगायतकाले बोलेका थिए।


Comments