'विन्टर फन एण्ड फूड फेष्ट' को तयारी पूरा





४ पौष, बिर्तामोड।
बिर्तामोडमा भोलि शनिबार हुने 'विन्टर फन एण्ड फूड फेष्ट २०१४' को सम्पूर्ण तयारी पूरा भएको छ ।
मारवाडी युवा मञ्च बिर्तामोडको आयोजनामा अग्रसेन भवनमा हुने उक्त फेष्टिबलको उद्घाटन बिहान १० बजे झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको मञ्चका अध्यक्ष रोनक बंशलले जानकारी दिए ।
एक दिने उक्त फेष्टिबलमा भारत सिलगुढीको बेल्ड स्टेपिङ डान्स ग्रुपको प्रस्तुति, पब्लिक गेम्स शो, खाना, नास्ता तथा स्न्याक्सका विभिन्न परिकारका १२ वटा स्टल र गेमका १० वटा स्टल रहने छन् ।



त्यस्तै अन्तरविद्यालय नृत्य प्रतियोगिता, गायक सुगम पोखरेल र ओज हेल बैण्ड बिर्तामोडको विशेष प्रस्तुति रहने बताइएको छ । प्रतियोगितामा १० बढी विद्यालयले भाग लिने अध्यक्ष बंशलले बताए ।
फेष्टिबलमा तीन हजार बढी अभिभावक तथा बालबालिका, युवाको उपस्थिति रहने आयोजकको अनुमान छ ।
बालबालिकादेखि प्रौढसम्म सबैलाई एकै थलोबाट मनोरञ्जन प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष बंशलले बताए । मञ्चले २/२ बर्षमा सोही प्रकृतिको कार्यक्रम गर्दै आएको छ । सीसीटीभीमा फेष्टिबलको रेकर्ड गरिने, स्थानीय प्रहरी तथा कमाण्डू सेक्यूरिटी फोर्सले सुरक्षा प्रदान गर्ने र आपतकालीन परिस्थितिका लागि स्वास्थ्य टोली पनि तैनाथ रहने बताइएको छ ।



Comments