शुरू भयो उर्लाबारी महोत्सव



१२ पौष, उर्लाबारी।
मोरङको उर्लाबारीमा आजबाट उर्लाबारी रिमझिम महोत्सव सुरु भएको छ । उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरे। उद्धाटन समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले महोत्सवले आन्तरिक पर्यटन प्रबर्द्धनका साथै व्यापार व्यवसायमा बृद्धि गर्ने बताए।
कार्यक्रममा उर्लाबारी नगर विकास समितिका अध्यक्ष केशव कार्की, उर्लाबारी पूर्वाधार निर्माण समितिका अध्यक्ष भोलामान श्रेष्ठ, उर्लाबारी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भरत भट्टराई, राप्रपा नेपालका नगर अध्यक्ष राजेन्द्र कार्की, संघीय समाजवादीका नगर अध्यक्ष रामकुमार राई, एकिकृत नेकपा माओवादीका नगर अध्यक्ष राजेन्द्र पौडेल, सञ्चार क्लवका पूर्व अध्यक्ष डिपी खतिवडा, केदार चौहान, रेडियो इन्द्रेणीका स्टेशनमेनेजर मन नेम्बाङलगायतले महोत्सवको सफलताको कामना गरे। महोत्सवलाई शान्तिपूर्ण रुपमा सफल पार्न आफ्नो क्षेत्रबाट जस्तोसुकै सहयोग गर्न पछि नपर्ने उनीहरुले प्रतिबद्धता व्यक्त गरे।



क्लवका पूर्वअध्यक्ष घनश्याम भण्डारीको सन्चालन रहेको कार्यक्रममा उपाध्यक्ष सरोज बस्नेतको स्वागत र क्लवका अध्यक्ष रुपेन्द्र शेर्माको सभापतित्व रहेको थियो ।
पूर्वी मोरङका पत्रकारहरुको साझा संगठन सञ्चार क्लब नेपालको भवन निर्माण सहयोगार्थका लागि आयोजना गरिएको महोत्सव १ महिनासम्म सन्चालन हुने आयोजक समितिका सचिव तेजन खड्काले जानकारी दिए ।
महोत्सवलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सशस्त्र प्रहरी र नेपाली प्रहरीहरु समेत खटाइएको छ ।
महोत्सवमा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा साँस्कृतिक कार्यक्रमका साथै व्यापारीक स्टलहरु समावेश गरिनेछ । रोटेपिङ, सरकस, फिरफिरे रेस, दामा रेसलगायतका मनोरञ्जनात्मक खेलतमासहरु समेत महोत्सवमा सञ्चालन गरिएको छ ।
सञ्चार क्लबको आयोजनामा उर्लाबारीमा रिमझिम महोत्सव सञ्चालन गरिएको यो दोस्रो पटक हो । यसअघि सञ्चार क्लबले २०६४ सालमा एकमहिने महोत्सव लगाएको थियो ।


Comments