जेब्राक्रस अभियान सम्पन्न




१५ पौष, उर्लाबारी।
मोरङको उर्लाबारी-६ मंगलबारेस्थित मंगलबारे युवा समाजले सडक दुर्घटना न्यूनीकरण गर्नको लागि जेब्रा क्रस बनाइएको छ ।
दुर्घटना न्यूनिकरणका लागि जेब्रा क्रस निर्माण अभियान मंगलबार एक कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो । पूर्व पश्चिम राजमार्ग सडकअन्तर्गत पर्ने मंगलबारे क्षेत्रमा आठ स्थानमा जेब्रा क्रस निर्माण गरिएको समाजका संयोजक सञ्जिव बुढाथोकीले जानकारी दिए।



कार्यक्रममा अस्थायी प्रहरी चौकी मंगलबारेका प्रमुख असइ भिमबहादुर भूजेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा सामुदायिक विकास प्रमुख बन्धु निरौला, डिभिजन सडक कार्यालय मोरङका सुपरभाइजर सूर्य राई, अन्तर पार्टी महिला सञ्जाल उर्लाबारीकी बानु लिम्बुलगायतले बोलेका थिए।
युवा समाजका सचिव भीष्म बुढाथोकीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्त्वय सो अभियानका उप-संयोजक रोहित कार्कीले गरेका थिए । कार्यक्रम अभियानका संयोजक सञ्जिव बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो ।



Comments