तस्करीको आरोपमा हम्से दुम्से बनका अध्यक्षसहित तीनजना विरुद्ध मुद्दा





९ पौष, दमक।
झापाको दमक ३ र ५ मा रहेको हम्से दुम्से सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष, सचिव र अर्का एक ब्यक्तिलाई काठ तस्करीको अभियोगमा मुद्दा दर्ता गरिएको छ । अध्यक्ष हिमालयप्रसाद दाहाल, सचिव पदमप्रसाद लिम्बु र दमक- ३ का हिमाल देवानविरुद्ध मुद्धा दर्ता गरिएको हो ।
लिम्बुलाई जिल्ला वन कार्यालय झापाले मंगलबार दमक चोकबाट पक्राउ गरी मुद्दा दर्ता गरेको हो । अध्यक्ष दाहाल र देवान फरार रहेका छन् ।


इलाका बन कार्यालय दमकका सहायक बन अधिकृत देवनारायण झाले बन पैदावार अबैध रुपमा बिक्री बितरण गरेको अभियोगमा ३ जनाबिरुद्ध मुद्दा चलाएको जानकारी दिए । उनीहरु बिरुद्ध बुधबार झापा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको कार्यालयले जनाएको छ ।
दाहाल बिरुद्ध ७१.२३ क्युफिट काठ अबैध रुपमा बिक्री बितरण गरेको अभियोग लगाइएको छ । लिम्बूलाई १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको बन कार्यालयले जनाएको छ ।
अभियोग प्रमाणित भएमा बिगो बमोजिम जरिवाना र एक बर्ष कैद हुने कानुनी व्यवस्था रहेको छ ।




Comments