जीवन बचाइदिन आग्रह





किसोर श्रेष्ठ,
१४ पौष, उर्लावारी ।
'सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन', गायिका तारादेवीको स्वरमा रहेको यो सुमधुर गीतलाई सुन्नेजति सबैले मनपराएको पाइन्छ । तर जव कुनै श्रोताले यो गीत आफ्नो जीवनमा लागू भएको महशुस् गर्छन्, साँच्ची नै मर्माहत हुन्छन् ।
यो गीत जस्तै भएको छ यतिबेला मोरङ राजघाट - २ खैरेनीका नगीन्द्र घोसार्ने, २४ को जीवन । आर्थिक अवस्था अत्यन्तै नाजूक भएकै कारण २०७१ साल साउनमा जिविकोपार्जनसँगै सुन्दर भविष्य निर्माण गर्ने सोचका साथ वैदेशीक रोजगारीका लागि कतार पुगेका नगीन्द्र १ वर्ष नपुग्दै विरामी भई थला परे । उनी थला परेसँगै यतिबेला परिवारमा बेचैनी छाएको छ । ५ जनाको परिवारमा उनी जेठा छोरा हुन् ।





उनलाई त्रिवेणी यूवा क्लव उर्लावारीले ४० हजार २ सय रुपैयाँ नगद सहयोग गरेको छ । आज उर्लावारी बहुमुखी क्यामपसमा आयोजीत एक कार्यक्रमका वीच क्लवले पिडित नगीन्द्रका भाई डगीन्द्र घोसार्नेलाई उक्त रकम हस्तान्तरण गरेको थियो । भींगामारी र खैरेनी आसपासका गाउँहरुमा घरदैलो कार्यक्रम गरेर उक्त रकम संकलन गरेको क्लवका कोषाध्यक्ष दिप न्यौपानेले बताए । यस्तै उलावारी बहुमुखी क्यामपस उर्लावारीले १९ हजार ३ सय पाँच रुपैयाँ नगद सहयोग गरेको छ । उक्त रकम क्यापसका सहायक प्रमुख ख्यामराज कार्कीको पहलमा क्याम्पसका विद्यार्थी, कर्मचारी साथै प्रध्यापकहरुसँग संकलन गरिएको कार्कीले बताए ।
विदेशमा उपचार गर्ने निकै महङ्गो खर्च लाग्ने भएपनि कम्पनीले बेवास्ता गरेपछि घोर्साने आफ्नै खर्चमा सामान्य उपचार गराएर तत्काल काठमाण्डौं फर्केका थिए । काठमाण्डौं ओर्लेलगत्तै काठमाण्डौं मेडिकल कलेजमा चेकअप गराउँदा उनी छाँगाबाट झरेजस्तै भएका थिए । अस्पतालले उनको दुवै मृगौला विग्रेको घोषणा गरेको थियो । अस्पतालको उक्त घोषणसँगै जीवन जिउने आशा गुमाइ सकेका उनी मृगौला प्रत्यारोपण गर्नसके जीवन जिउन सक्ने डाक्टरको भनाईले पुनः एकपल्ट जीवन जिउने आशामा सबैसँग सहयोगको याचना गर्दैछन् ।



विदेश तथा स्वदेशमा भएका साथीभाईहरुको सहयोग र घरखर्च गरेर हालसम्म उपचार गर्दा करीव ५ लाख रुपैयाँ खर्च भईसकेको र डाक्टरका अनुसार प्रत्यारोण गर्न करीब ८ लाख लाग्ने बताएकोले सबैसँग सहयोगको याचना राखेको विरामीका ठूलाबा गोविन्द घोसार्नेले बताए । हाल टिचिङ अस्तपताल काठमाण्डौंमा उपचारत उनलाई आमा भेसकुमारीले मृगौला दिने भएको र सबै चेकअपहरु गर्दा मिल्ने भएकाले खर्च आफूहरु लागि परेको क्लवका अध्यक्ष सोभीत कार्कीले बताए । आर्थिक अवस्था निकै कमजोर भई उपचारमा खर्च अभाव भएको कुरा थाहा पाएपछि आफूहरुले उक्त रकम सहयोग गरेको र अन्य अपुग खर्चका लागि देशविदेशमा भएका विभिन्न व्यक्ति, संघ संस्थाहरुसँग सहयोग संकलन गर्ने योजनासमेत रहेको अध्यक्ष कार्कीले बताए । उनलाई आर्थिक सहयोग गर्न चाहानेहरुले गोविन्द घोसार्नेको नाममा कुमारी बैंकमा रहेको खाता नम्वर २०२२५२४४९१३७६०१८ वा सहयोग संकलन गर्दै आइरहेको त्रिवेणी यूवा क्लवका अध्यक्ष सोभित कार्कीको मोवाइल ९८१७३१८१९५ अवथा पिडितको श्रीमति पुष्पा घोसार्नेको मोवाइल ९८१९३२५१४६ मा सम्पर्क गर्न सकिने क्लवका सचिव रोहित न्यौपानेले बताए ।



Comments