चौथो ध्रुवतारा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु



-->

९ पौष, दमक।
झापाको दमकमा बुधवारबाट चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुधवार एक कार्यक्रमका बीच कृषि मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गरे ।
५ दिनसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ५० हजार, दोश्रोलाई ४० हजार र तेश्रो हुने खेलाडीलाई ३० हजार रूपैयाँ नगदसँगै ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधामा ३६ खेलाडीलाई २ लाख ४० हजार रुपैयाँ बरावरको नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता पौष १४ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताका खेलहरु भने विहिवारबाट सुरु हुनेछन । स्वीस लीग प्रणालीअन्तर्गत हुने प्रतियोगितामा नेपाल, भारत, भुटान, वंगलादेश र मलेसियाकासहित १ सय ५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आयोजक ध्रुवतारा स्पोर्टिङ क्लब दमकका सचिव चन्द्र खत्रीले जानकारी दिए ।
-->

Comments