दमक १३ मा ढल निर्माणको शिलान्यास





११ पौष, दमक।
झापाको दमक-१३ स्थित लक्ष्मीमार्ग बालुवाटार चक्रपथ मार्गको लक्ष्मीमार्ग खण्डमा ढल निर्माणको शिलान्यास गरिएको छ । झापाका स्थानीय विकास अधिकारी फणिन्द्र दाहाल र दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आज आयोजित कार्यक्रममा बैदिक बिधी अनुसार शिलान्यास गरेका हुन् ।



स्थानीय विकास अधिकारी दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारी अधिकृत दाहाल, दलहरुका तर्फबाट नेपाली कांग्रेसका हेम सुवेदी, उपभोक्ता समितिका प्रमुख सल्लाहकार तथा एकीकृत माओवादीका जिल्ला सदस्य गगन पुरी, स्थानीय टिका खरेल लगायतले मन्तव्य राखेका थिए ।

विभिन्न निकायबाट यस बर्ष विनियोजित कुल ४० लाख रुपैयाँ र उपभोक्ताबाट संकलित १४ लाख रुपैयाँको लागतमा त्यहाँ पहिलो चरणमा ढल निर्माण गरिने उपभोक्ता समितिका सचिव पदम गिरीले जानकारी दिए। कुल २ हजार ३ सय मिटर पक्की ढल निर्माणको लागि एक करोड २४ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
यो वर्ष चालीस लाख रुपैयाँ विनियोजन भएपनि यसलाई निरन्तरता दिएर एक दुई बर्षभित्रै सो सडकको पूरै खण्डमा ढल निर्माण गर्ने र आसपासका सहायक सडकहरुको समेत स्तरोन्नतीका लागि उपभोक्ता समितिले सरकारका विभिन्न निकायमा पहल गर्ने सचिव गिरीले जानकारी दिए ।




Comments