सडकमा 'शेयर'




१५ पौष, दमक।
झापा, इलाम र पाँचथरका ९ वटा राजनीतिक दलहरुले दमक रबी चिसापानी सडक उपभोक्ता समितिमा प्रतिनिधित्वको माग गरेका छन् । उनीहरुले दमक रबी चिसापानी फाल्गुनन्द मार्ग सरोकार एवम संघर्ष समितिसमेत गठन गरेका छन् । आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै ती राजनितिक दलका प्रतिनिधिहरुले तुरुन्त नयाँ समिति निर्माण प्रकृया थाल्न माग गरेका हुन् ।




एकिकृत नेकपा माओवादी, संघीय समाजवादी पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, नेकपा एकिकृत लगायतका दलहरुले पत्रकार सम्मेलन गरी अहिले सुरेश सुब्बाको अध्यक्षतामा रहेको समिति अवैध भएको र तुरुन्त साधारण सभा गरी नयाँ समिति गठन गर्न माग समेत गरेको छ । समितिका संयोजक रेवतराज पुरी गगनले गएको मंसीर ६ गते भएको वार्ताका सबै दलहरुलाई समावेश गरिने भनिएपनि एकलौटी रुपमा कांग्रेस र एमालेले समिति चलाएको आरोप लगाए।
चालु आर्थिक बर्षमा ८ करोड रुपैयाँ सडक स्तरउन्नतिका लागि छुट्टिएपछि दलहरुबीच बिवाद बढेको हो ।



Comments