२९ मंसीर, दमक।
निजी तथा आवासीय विद्यालयहरुले सरकारले दिने छात्रवृत्तिमा बिभेद गरेको भन्दै बिरोध जनाएका छन् । विद्यालयहरुले सरकारी कोटामा पाउने छात्रवृत्तिमा निजी विद्यालयका विद्यार्थीहरुलाई सहभागी बन्न नपाउने सरकारी निर्णयको बिरोध गरेका हुन् ।
सोमबार झापाको दमकमा निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन (प्याब्सन )क्षेत्रनम्बर ७ झापाले गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोबिन्द लम्सालले सरकारी बिभेदकारी नीतिका कारण निजी विद्यालयका विद्यार्थीहरु मारमा परेको बताए । उनले सरकारले समान रुपमा निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्तिमा सहभागी गराउन मागसमेत गरे ।
लम्सालले निजी विद्यालयलाई सहकारी वा गुठीमा लैजाने कदमको समेत बिरोध गरे । लम्सालले सरकारले निजी विद्यालयलाई प्रोहत्सान गर्नुको सट्टा बाधेँको आरोप समेत लगाए ।
कार्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष मिलन ढुङ्गाना र सचिव कोषराज प्याकुरलले सरकारले निजी विद्यालयलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । क्षेत्रीय संयोजक सुजन राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जनार्दन मैनालीले कार्यक्रमबारे जानकारी गराएका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत गायनतर्फ स्टार स्कुल प्रथम, मेची आवासीय द्वितीय, चुलाचुली अंग्रेजी स्कुल तृतीय भएका थिए । यस्तै प्रावि स्तरको नृत्यतर्फ ग्लोवल उच्चमावि प्रथम, एभरेष्ट बोर्डिङ स्कुल द्वितीय, एलाइड स्कुल तृतीय भए भने निम्न माध्यामिक स्तरिय नृत्यमा सूर्योदय अंग्रेजी स्कुल पहिलो, एभरेष्ट दोश्रो र ग्लोवल तेश्रो भएका थिए । विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
Comments
Post a Comment