ग्याँसको आपूर्ति सहज नहुँदा विक्रेताको ज्यान खतरामा








१३ पौष, दमक।
झापाका ग्याँस व्यवसायीहरुले तत्काल ग्याँसको आपूर्ति नभए आफुहरुको ज्यान खतरामा हुने बताएका छन् ।
आयल निगमले माग अनुसार ग्याँस उद्योगहरुलाई ग्याँस नदिएको भन्दै आफूहरूमाथि उपभोक्ताको आक्रोश बढ्न सक्ने बताएका हुन् ।
आज आइतबार संघको दमक नगर समितिले गरेको अन्तरकृयामा बोल्दै ग्याँस बिक्रेता महासंघका उपाध्यक्ष टेकबहादुर थापाले सहज रुपमा ग्याँस आपूर्ति नभए उपभोक्ताहरुको आक्रोशमा आफुहरु परिने बताए। उनले ग्याँसको आपूर्ति सहज नभएका कारण आफुहरुलाई समस्या परेको उल्लेख गरे।






कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तुलाराम न्यौपानेले ग्याँस बिक्रेताहरु ग्याँस उद्योग र उपभोक्ताहरुको दोहोरो मारमा पर्ने गरेको उल्लेख गरे।
कार्यक्रममा इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासु कोइरालाले आपूर्तिमा सुधार नभएको कारण बजारमा ग्याँस अभाव देखिएको चर्चा गरेका थिए । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, उपभोक्ता शंकर बस्नेतले सहज रुपमा आपूर्ति व्यवस्था मिलाउनका लागि सरकारसँग माग गरेका थिए ।
झापा जिल्लामा ८ वटा ग्याँस कम्पनीका विभिन्न खाले ग्याँसहरु आउने गर्छन । २०७१ साउनदेखि मंसीर महिनामा ७० प्रतिशत ग्याँस आपूर्ति भएपनि पुस लागेयता १५ प्रतिशत मात्र ग्याँस बजारमा आएको संघले जनाएको छ ।

संघका दमक अध्यक्ष सुरेन्द्र प्रसाद खनालको अध्यक्षतामा भएको सो अन्तरकृयामा नगरका ग्याँस व्यवसायी, प्रशासन, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


Comments