सन्देश सुब्बा इङ्वा
२९ मंसीर, पाँचथर ।
पाँचथरको लुम्फाबुङस्थित लुम्फाबुङ उच्च माविमा एक परिवारले एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन् । लुम्फाबुङ-२ निवासी स्वर्गीय कान्छीमाया (नेम्बाङ) लाओतीको स्मृतिमा उनको परिवारले सो अक्षयकोष स्थापना गरेको हो । विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच सो रकम स्वर्गीय कान्छीमायाका श्रीमान पदमबहादुर आलोतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवेन्द्र शिगुलाई हस्तान्तरण गरेका थिए ।
सो अक्षयकोषको व्याजबाट प्राप्त रकम प्रत्येक वर्ष विद्यालयबाट एसएलसी परीक्षामा सर्बोकृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई प्रोत्साहन स्वरुप प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य गगन लाओतीले बताए ।
Comments
Post a Comment