विद्युत चोरी गर्ने पक्राउ





१४ पौष, दमक।
बिद्युत पोलबाट हुकिङ गरी चोरी गर्ने ५ जनालाई नेपाल बिद्युत प्राधिकरण दमकको टोलीले पक्राउ गरेको छ ।
विद्युत चोरी गर्ने झापाको धरमपुर र तोपगाछीका ५ जनालाई पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा अन्य २ जना फरार भएका छन् ।
बिद्युत हुकिङ गरी चोरी भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र प्राधिकरणको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
कार्तिकदेखि यता हिजोसम्म १ सय ४१ जनालाई जरिवाना गरि छोडिएको प्राधिकरणले जनाएको छ । पक्राउ परेकाहरुबाट ६ लाख रुपैयाँ बढी राजश्व संकलन गरिएको प्राधिकरण दमकका प्रमुख सन्तोष कुमारले जानकारी दिए ।

Comments