सांगीतीक कार्यक्रमको तयारी पूरा


-->

१५ पौष, उर्लाबारी।
न्यानो अभियानको सहयोगार्थ मोरङको उर्लाबारीमा भोलि (बुधबार) हुने सांगीतीक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
स्थानीय सिंघहिम होटलमा फायर इन्टरटेनमेन्टको आयोजनामा सो कार्यक्रम गर्न गर्न लागिएको हो । सांगीतीक कार्यक्रममा गायिका कुन्ति मोक्तान, गायक डम्बर नेपाली, तोपराज सुनाम, गरिमा डान्स सेन्टर र यूनिक डान्स सेन्टरको प्रस्तुती रहने कोषाध्यक्ष पूर्ण सिंगक लिम्बुले बताए।
अंग्रेजी नयाँ बर्षको अवसरमा हुने लागेको सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष साङ्गेहाङ लिम्बुले बताए। सो कार्यक्रममा पारिवारीक वातावरणमा हुने आयोजकले जनाएको छ ।

समाज सुधारको साथै मनोञ्जन प्रदान गर्ने उद्देश्यले फायर इन्टरटेनमेन्ट संस्था गठन गरिएको थियो ।



-->

Comments