२६ मंसीर, दमक,
आफ्नै श्रीमती र अर्की एक नातेदारको हत्या गर्न खोज्ने एकजना सात वर्षका लागि जेल गएका छन् ।
करिब एक महिनाअघि भुटानी शरणार्थी शिविर बेलडाँगीमा भएको सो घटनाका अभियुक्त खोटाङ घर भई हाल शिविरमै बस्दै आएका अन्दाजी ३५ वर्षीय सनम राई जेल चलान भएका हुन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय दमकले झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । बिहिबार झापा जिल्ला अदालतले सो कसुर प्रमाणित भएको ठहर गर्दै ७ वर्षका लागि जेल सजाय तोकेको इप्रका दमकका मुद्दा फाँटका सहायक निरीक्षक बासु चौधरीले जानकारी दिए ।
खुकुरीले हानेर गम्भीर घाइते भएका सनमकी पत्नी र नातेदार अर्की एक महिलाको धरानमा उपचार गरिएको थियो ।

Comments
Post a Comment