जलथलमा हात्ती आतंक







११ पौष, दमक।
झापाको जलथल ५ मा आएको जंगली हात्तीले स्थानीय एकजनाको तीनवटा घर भत्काउँदा करिब असी हजार रूपैयाँ बराबरको क्षति गरेको छ ।
गएराति करिब साढे एक बजेतिर आएका दुईवटा जंगली हात्तीले स्थानीय रवि हेमरनको तीनवटा घर भत्काउनुको साथै घरभित्र रहेको अन्दाजी पाँच मन धानसमेत खाएको छ । उनको करिब असी हजार बराबरको क्षती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
जंगली हात्तीलाई प्रहरी चौकी जलथलबाट गएका प्रहरी र स्थानीय मिलेर आज बिहान करिब ५ बजे लखेटिएको छ।



Comments