कत्था उद्योगमा आगलागी, करोडौंको क्षति




नरेन्द्र बस्नेत
१६ पौष, मोरङ।
सुनसरीको इटहरी उपमहानगरपालिका २६ मा रहेको हिमाली कत्था उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
मध्यान्ह बिद्युत सर्ट भई उद्योगको गोदाममा आगलागी हुँदा सो क्षति भएको सुनसरी प्रहरीले जनाएको छ । करिब ४ घण्टाको अथक प्रयासपछि सशस्त्र प्रहरी, स्थानीयका साथै इटहरी, धरान र इनरुवाका ४ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
क्षतिको पूर्ण बिबरण आएको छैन ।

Comments