पुस्तकालयद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

-->

damak public library

५ पौष, दमक।
आर्थिक अवस्था कमजोर भएका स्थानीय चारजना विद्यार्थीहरुलाई दमकको एक संस्थाले उच्च शिक्षा अध्ययनका लागि एक बर्षको छात्रवृत्ति उपलब्ध गराएको छ । दमक-१३ स्थित दमक पव्लिक लाइब्रेरीले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्न छात्रवृत्ति प्रदान गरेको हो ।

आज लाइब्रेरीमा औपचारिक कार्यक्रम गरी छात्रवृत्ति हस्तान्तरण गरिएको हो। छात्रवृत्ति पाउनेहरुमा दमकको सरस्वती उच्चमावि कक्षा १२ मा अध्ययनरत सूर्यबहादुर भुजेल, सोही विद्यालयकी लक्ष्मी पोद्दार, दमक बहुमुखी क्याम्पसकी कक्षा ११ की छात्रा सोनिया फागो र हिमालय उमावि दमकका छात्र विनोद भट्टराई रहेका छन् । ती विद्यार्थीहरुलाई अमेरिकी नागरिक ब्रेन वाल लगायतकाले छात्रवृत्ति प्रदान गरेका थिए।
कार्यक्रम लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।

फोटो - छात्रवृत्ती वितरण समारोहका सहभागीहरू (फोटो सौजन्य - भेषराज न्यौपानें)

-->

Comments