शिविरमा आगलागी, ११ घर नष्ट


-->




डिकेश लामा,१६ पौष, वेलडाँगी।झापाको दमकस्थित भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा आज विहान भएको आगलागीबाट ११ वटा छाप्रा नष्ट भएका छन् ।
विहान सवा ९ बजेतिर अचानक भएको आगलागीका कारण ५ वटा छाप्रा पूर्णरुपमा जलेर नष्ट भएका छन् भने आगलागी नियन्त्रण गर्ने क्रममा ६ वटा छाप्रा भत्काइएको छ ।
बेलडाँगी १ का सहायक शिविर सचिव शुकबहादुर राईका अनुसार आगलागीमा परी वेलडाँगी १ सेक्टर डी/१ को छाप्रा नं. ६२ र ६१ का नन्दलाल गुरुङ्ग, छाप्रा नं. २६, ३५, ३६ र ७९ का क्रमशः गणेश गुरुङ्ग, सुमित्रा लेप्चा, रुपनारायण दुलाल, र नरपति राईका घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । आगलागीका कारण विचल्नीमा परेका शरणार्थीहरुलाई शिविर व्यवस्थापन समितिको अगुवाईमा नास्ता तथा खानाको व्यवस्था गरिएको शिविर सचिव सन्चहाङ्ग सुव्बाले बताए । विचल्नी परिवारलाई अन्य खाली घरमा सार्ने तथा त्यही स्थानमा घर निर्माण गर्ने तयारी गरेको समितिले जानकारी दिएको छ ।

-->



यसैबीच आगलागीमा पीडितहरुलाई विश्व लुथरन फेडरेशनले लत्ता कपडा र भाँडा वर्तन, विश्व खाद्य संगठनले राशन उपलव्ध गराउने भएको छ । आगलागी पीडितलाई आम्दा, टीपीओ नेपाल, शसस्त्र तथा जनपथ प्रहरीको टोलीले समेत सहयोग गरिरहेको समितिले जानकारी दिएको छ ।

-->

आगलागी नन्दलाल गुरुङ्गको घरबाट कोही नभएको समयमा भएको बताइएको छ । आगलागी सोलारको तार सर्ट भएर भएको हुन सक्ने आशंका गरिएको छ । आगलागीबाट अमेरिकाको ओहायो जाने तयारीमा रहेका कान्छा राईको घरको सामान समेत आधा जलेर नष्ट भएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
-->

Comments