१ पौष, उर्लाबारी ।
उर्लाबारी नगरपालिकाका दुईजना क्रिकेट खेलाडी 'रिजनल क्याम्प'का लागि छनौट भएका छन् । उर्लाबारी-१का वसन्त अधिकारी र फडिन्द्र दाहाल रिजनल क्याम्पका लागि छनौट भएका हुन् ।
केही दिनअघि विराटनगरमा भएको छनौट प्रकृयामा पास भई उनीहरु सेलेक्सनमा पर्न सफल भएका हुन् ।
उर्लाबारीमा सम्भवतः पहिलो पटक रिजनल क्याम्पमा छनौट भएका यी खेलाडीहरुलाई कसैले नियाल्न सकेका छैनन् । फुटबल खेलमा मात्र अगाडि रहेको उर्लाबारी क्रिकेट खेलमा पछाडि परिरहेको बेलामा यी युवाहरुले आशाका किरण उजागर गरिदिएको स्थानीय खेलप्रेमीहरूको भनाई छ।
छनौटमा परे पनि कँहि कतैबाट सहयोग नभएको खेलाडीद्वयको गुनासो छ । 'ट्रेनिङका लागि थुप्रै दिन विराटनगरमा बिताउनुपर्छ, लजिङ र फुडिङको समस्या छ', उनीहरू भन्छन्, 'कसैले सहयोग गरिदिए आभारी हुने थियौँ।'
सहयोगका लागि उनीहरुले सबैसमक्ष अपिल गरेका छन् ।
Comments
Post a Comment