२७ मंसीर, दमक।
झापा र सुनसरी जिल्लामा आज भएका सडक दुर्घटनामा तीनजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक १० मा बिहान बसको ठक्करबाट साइकलमा सवार दमक १५ का ५० वर्षका देवीप्रसाद राई घाइते भएका छन्। बाटो काट्दै गरेका उनलाई बिहान पौने १० बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. १ ख ९७१ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको लाईफलाईन अस्पताल दमकमा उपचार भइरहेको छ । बस तथा चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत नै सुनसरीको इटहरी ५ मा विहान सवेरै माइक्रो बसको ठक्करबाट इटहरी ५ बस्ने ३५ वर्षिया पवित्रा रेग्मी र १४ वर्षिया कल्पना खड्का घाइते भएका छन्।
काठमाण्डौबाट पूर्वतर्फ आउँदैगरेको बा १ ज ९२१५ नम्बरको माइक्रो बसले बिहान साढे ५ बजे बाटोमा हिँड्दै गरेका उनीहरुलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट सामान्य घाइते भएका उनीहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ। माइक्रो र चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
Comments
Post a Comment