विज्ञसहितको टोलीद्वारा प्रस्तावित ल्याण्डफिल्ड साइटको स्थलगत निरीक्षण





१५ पौष, दमक।
दमक नगरपालिकाको फोहर मैला ब्यवस्थापनको प्रस्ताबित ठाउँको आज स्थलगत निरीक्षण गरिएको छ । नगरपालिकालाई ल्याण्डफिल्ड साइट निर्माणमा सहयोग गर्दै आएको फोहर मैला ब्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर सुमित्रा अमात्य सहितको टोलीले निरिक्षण गरेको हो । प्रस्ताबित क्षेत्र हम्से दुम्से बन समितिको क्षेत्रमा रहेको ल्याण्डफिल्ड साइटमा निर्देशक अमात्यसहित स्थानिय राजनैतिक दलको टोली र नगरपालिको टोलीले निरीक्षण गरेको हो ।


निरीक्षणको क्रममा कार्यकारी निर्देशक अमात्यले प्रस्ताब गरिएको ठाउँ फोहर मैला ब्यवस्थापनको लागि एकदमै उपयुक्त भएकोले सो ठाउँमा ल्याण्डफिल्ड साइट निर्माणको लागि प्रक्रियामा जान सल्लाह दिएका थिए।
यस बिषयमा बृहत छलफल गर्नको लागि भोलि बिहान ८ बजे नगरपालिकामा सर्वपक्षिय छलफलको आयोजना गरिएको नगरपालिकाका सरसफाई शाखा प्रमुख द्रोण थापाले जानकारी दिए।




Comments