शिर्षबरियाताका खेलाडीहरुको अग्रता




१० पौष, दमक ।
शिर्षबरियाताका खेलाडीहरुले झापाको दमकमा सुरु भएको चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आजबाट सुरु भएको प्रतियोगितामा शिर्षबरियताका भारतका इन्टरनेसनल मास्टरहरू डि पि सिंह (२२२१), विपुल सुवाशी (२१८४), सुधिर कुमार सिन्हा (२१४० ) र नेहा सिंह (२०३७) सँगै नेपालका क्याण्डिडेट मास्टरहरु रिजेन्द्र राज भण्डारी (२११०), कृष्ण थापा (२०४१ ) र रुपेस जैसवाल (१९७३), नेपाल च्याम्पियन बद्रिलाल नेपाली (२०३४) ले जीत हात पारे ।



त्यस्तै भारतका राकेश गुरुङ (१९९४), सौरभ रुप (१९४३), बंगलादेशका साइमल सिद्धिकर रहमान (१७७८ ), काठमाण्डौका जनार्दन श्रेष्ठ (१९९९ ), पुरुषोत्तम चौलागाई (१९७२), विवेक थिङ (१९७०), साथ दमकका प्रकाश नेपाल (१९२१) र राजन सुवेदी (१८८१) ले सहज जीत हात पारेका प्रतियोगिताका चिफ आर्विटर उमेश केसीले जानकारी दिए ।
नेपालमा भएका प्रतियोगिताहरु मध्येकै सवैभन्दा बढि १ सय ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगिताको शुक्रवार दोश्रो र तेश्रो चरणका खेलहरु हुनेछन् । स्विस लिग प्रणालीअन्तर्गत संचालन भएको प्रतियोगिता नेपाल, भारत, र वंगलादेशका खेलाडीहरु सहभागी रहेका छन्। प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ५० हजार, दोश्रोलाई ४० हजार र तेश्रो हुने खेलाडीलाई ३० हजारसँगै ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधामा ३६ खेलाडीलाई २ लाख ४० हजार रुपैयाँ बरावरको पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता पौष १४ गतेसम्म संचालन हुनेछ ।




Comments