६६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइयो




२५ मंसीर, दमक।
झापामा रहेर मानव अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुले दमकमा भेला भएर ६६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाएका छन् । संविधान र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सो दिवस सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सहभागिहरुले संविधानलाई निर्धारित समयमा जारी गर्न नागरिक तहवाट त्रि्र दवाब दिनु पर्ने वताए । संविधान बनाउँछु भनेर झापावाट निर्वाचित भएका र समानुपातिकवाट संविधानसभामा प्रतिनिधित्व गर्ने सवै सभासद्हरुलाई जनताले खवरदारी गर्नुपर्ने वक्ताहरुले वताएका छन् ।



एकीकृत विकास प्रतिष्ठान (आइडीएफ नेपाल) को प्रमुख पहलमा एमनेष्टि इन्टरनेशनल दमकका समुहहरु, युथ एक्सन नेपाल, मानव अधिकार संजाल, इन्सेक, शक्ति समुह लगायत एघारवटा संस्थाहरुसँग समन्वय गरी गरिएको उक्त कार्यक्रम अधिकारकर्मी सरस्वती राजवंशीको सभापतित्वमा सम्पन्न भएको थियो । मानव अधिकारकर्मी बिष्णु खरेलले कार्यक्रमका वारेमा प्रकाश पार्दै सहजिकरण गरेको कार्यक्रममा युथ एक्सन नेपाल झापाका दिपक दास, शक्ति समुहकी मिरा भट्टराई, मानव अधिकारकर्मी के.पी. सुवेदी, एमनेष्टी इन्टरनेशनलका लिला खनाल, दमक अपाङ्ग सहयोग समितिका खगेन्द्र भट्टराई, उद्योग वाणिज्य संघका गोकुल श्रेष्ठ, नारी एकता न्यायिक मञ्चकी दुर्गा काफ्ले, जेष्ठ नागरिक प्रतिष्ठानका सिताराम खतिवडालगायतले विचार ब्यक्त गरेका थिए । उक्त कार्यक्रमको संचालन एमनेष्टि इन्टरनेशनलका शेष निरौलाले गरेका थिए ।


Comments