बिवाह भोज खाँदा गाउँका सवै बिरामी, ८ को अवस्था गम्भीर





तेज बन विश्वासी
११ मंसीर, सुनसरी ।
सुनसरीको सिसवनी वडहरा गाविस ४, खनारका स्थानीय बिष्णुहरि फुयाँलको घरमा बिवाहअघि आयोजा गरिएको प्रिती भोज खाँदा सिङ्गो गाउँका गाउँलेहरु बिरामी परेका छन्।
विवाह हुने अघिल्लो दिन बुधवार राति आयोजना गरिएको प्रिती भोजमा सहभागी भएका अधिकांस गाउँलेहरु बिरामी भएका हुन् ।
फुयाँलको घरमा भेला भई भोज खाएर घर फर्केका एकै गाउँका २० जना बढी बिरामी परेका प्रेस युनियन सुनसरीका केन्द्रीय पार्षद तथा खनारका स्थानीय सञ्चारकर्मी मोहन ढकालले बताए ।
घाइतेहरुमध्ये ८ को अवस्था गम्भीर बनेको र उनीहरुको बिराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा उपचार भैरहेको स्थानीय सञ्चारकर्मी ढकालले बताएका छन्।




भोजमा बन्दाकोवी, टमाटरको अचार र आलुको तरकारी खाएको अस्पतालमा उपचाररत बिरामीहरुले बताएका छन् भने एकैपटक थरीथरीका खाना र अचार खाएका कारण अचानक फुड पोइजन भएको बिरामीहरुको उपचारमा संलग्न खनारस्थित नमुना अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
भोज खाएर बेहुलाका बुबा बिष्णुहरि फुयाँलका साथै आफन्तहरु दुर्गा देवी फुयाँल, यशोदा फुयाँल, प्रेमप्रसाद फुयाँल, दिपा अधिकारी लगायत २ जना बालवालिकाहरुसमेत बिरामी भएको स्थानीय सञ्चारकर्मी ढकालले बताए ।
घटनापछि बेहुला टेकेन्द्र फुयाँल र वास्तोला थरकी बेहुलीबीच बिहीवार खनारकै स्थानीय मन्दिरमा विवाह सम्पन्न भएको स्थानीयहरुले बताएका छन् ।


Comments