त्रिवेणी गजल साँझमा आजित, सुब्बा र दिलाञ्जली



सन्देश सुब्बा इङवा,
२९ कार्तिक, पाँचथर।
मोफसलका स्रष्टा र सिर्जनाको प्रवर्द्धनको लागि पाँचथर गजल मञ्चले शुरु गरेको शब्द श्रृङ्खलाको तेस्रो भागमा मधु आजित केरुङ, सन्देश सुब्बा र राज दिलाञ्जलीले संयुक्त प्रस्तुति दिएका छन् । शुक्रबार साँझ फिदिमको तमोरभ्याली गेष्ट हाउसको सभाहलमा जम्मा भएका साहित्य पारखीलाई स्रष्टात्रयले आ-आफ्ना सिर्जनामार्फत भरपुर मनोरञ्जन दिएका हुन् ।
त्रिवेणी गजल साँझ नाम दिइएको उक्त कार्यक्रममा क्रमशः सन्देश सुब्बापछि राज दिलाञ्जली र मधु आजित केरुङले रचना सुनाएका थिए । प्रेम प्रणयसँगै वर्तमान समयको स्वर र राष्ट्रप्रेमको भावनाले ओतप्रोभत भएका रचना पस्केका स्रष्टाहरुलाई सहभागीले पटक पटक 'वान्स मोर' भनेका थिए ।


कार्यक्रममा वाचित सिर्जनाहरुको पाँचथरका पहिलो नारी स्रष्टा मिना राई, कक्षा दुईको कक्षागत गीतका रचयीता शान्ता गौतम, पाँचथर बहुमुखी क्याम्पसका प्रध्यापकद्वय लक्ष्मी ढुंगाना र बलराम कोइरालाले टिप्पणी गरेका थिए ।
विविध कारणवस केही समय स्थगीत रहेको शब्द श्रृङ्खलालाई पुनः नियमित गर्ने पाँचथर गजल मञ्चका पवित्रा प्रयत्नले बताए ।
(फोटो - क्रमशः मधु, सन्देश र राज)



Comments