३० कार्तिक, भद्रपुर।
झापाको महेशपुरमा १७ फिट लामो अजिङ्गर फेला परेको छ ।
महेशपुर १ स्थित देवनिया खोलामा स्थानीयवासीले शनिबार सो अजिङ्गर फेला पारेका हुन् ।
लोपोन्मुख प्रजातिमा पर्ने सो अजिङ्गर फेला परेको सुचना पाएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी टोलीले गाउँलेको सहयोगमा त्यसलाई समातेर सकुशल वन कार्यालयमा बुझाएको छ।
गाउँलेहरुको सुरक्षालाई समेत दृष्टिगत गर्दै त्यसको संरक्षण गर्ने उद्देश्यले सो अजिङ्गरलाई वन कार्यालयमा जिम्मा लगाइएको दिईएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक राकेश पोदारले जनाए।

Comments
Post a Comment