मजदुरले दिए सभासद्लाई डायरी र कलम





९ मंसीर, दमक।
निर्धारित समयमानै संविधान लेखन कार्य पूरा गर्न दवाव दिँदै दमकका यातायात मजदुरहरुले संविधानसभा सदस्य महेन्द्रकुमारी सुव्वालाई डायरी र कलम प्रदान गरेका छन् ।
आगामी माघ ८ गतै नै, र मजदुरहरुका हक अधिकार प्रत्याभूत गरेको संविधान जारी गर्न स्मरण गराउँदै नेपाल यातायात मजदुर संघ दमक नगर समितिले सभाषद सुब्बालाई डायरी र कलम बुझाएको हो । संघले सोमबार यहाँ आयोजना गरेको नेतृत्व तथा व्यक्तित्व विकास, भाषण कला र संस्था व्यवस्थापन बिषयक तालिम उद्घाटनमा सभासद सुब्बालाई डायरी र कलम दिइएको हो ।

समितिका अध्यक्ष विश्वासकुमार काश्यप र कोषाध्यक्ष कृष्णप्रसाद भण्डारीले आगामी संविधान मजदुरमैत्री बनाउन र मजदुरहरुका अधिकार सुनिश्चित गर्न सभाषद सुव्वालाई आग्रह गरे। कार्यक्रममा सभाषद सुव्वाले नेपाली कांग्रेसका नेताहरु मजदुर आन्दोलनबाटनै स्थापित भएको स्मरण गर्दै मजदुरका पक्षमा संबिधान लेख्नेमा कांग्रेस रहेको बताएकी थिइन् ।




Comments