२७ कार्तिक, धनकुटा।
आफ्नै आमाले गुडिरहेको चक्कामुनि फाल्दा आज विहान धनकुटामा एक नाबालिकाको घटनास्थलमै ज्यान गएको छ ।
राजारानी भेडेटार सडकखण्डको भेडेटार ७ मा आज बिहान साढे ११ बजेतिर भेडेटार ६ की ३५ वर्षिया तिलमाया मगरले आफ्नै तीन महिनाकी छोरीलाई गुडिरहेको बसमुनि फाल्दा चक्काले किचेर उनको घटानास्थलमै ज्यान गएको हो ।
मगरले आफ्नी छोरीलाई राजारानीबाट धरानतर्फ आउँदै गरेको मे १ ख ३९९ नम्बरको बसमुनि फालेकी हुन् । बसको पछाडीको चक्काले किचेर नाबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । मगरको केही वर्षदेखि मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भेडेटारबाट गएको प्रहरीले मगर र बसका चालक धनकुटा डाँडाबजार ९ बस्ने ४६ वर्षिय हेम बहादुर मगरलाईसमेत नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ ।
Comments
Post a Comment