वृद्ध दम्पतिलाई सेनाले घर बनाइदियो




११ मंसीर, पाँचथर।
पाँचथर सदरमुकाम फिदिम माथिल्लो गाउँका घरबार बिहिन एक वृद्ध दम्पतिलाई नेपाली सेनाले घर बनाइदिएको छ । सेनाको विष्णु दल गणले गएको भदौ १५ गते पहिरोले घर भत्काएपछि घरबार बिहिन भएका खड्गबहादुर लावतीको घर बनाइदिएको हो । पहिरोले घर भत्काएपछि ६४ वर्षका लावती र उनकी श्रीमती चन्द्रा आफन्तकोमा बस्दै आएका थिए । विष्णुदल गणका प्रमुख सेनानी रञ्जित थापाको नेतृत्वमा दुई कोठे घर निर्माणको काम सम्पन्न भएपछि बिहीबार सेनाले वृद्ध दम्पतिलाई घर हस्तान्तरण गरेको छ ।
घर निर्माणका लागि अवश्यक सामाग्रीहरु स्थानीय व्यवसायीहरुले उपलब्ध गराएका थिए भने सेनाले निर्माणको काम गरेको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलसहितको टोलीले घर हस्तान्तरण कार्यक्रमको आयोजना गरी बिहीबार वृद्ध दम्पतिलाई घर हस्तान्तरण गरेको हो ।



Comments