खाजा खर्च कटाएर अनाथलाई सहयोग






२९ कार्तिक, दमक।
युथ फर ब्लड झापा दमक जुनियरका सदस्यहरुले आफ्नो खाजा खर्च जोगाएर एक अनाथ बाल गृहका बालबालिकाहरुलाई बिभिन्न खेल सामाग्रीहरु बितरण गरेका छन् । अनाथ बालबालिकाहरुले स्वास्थ्यलाई ख्याल गर्दै आफ्नो दैनिक खाजा खर्चमार्फत दमक बहुमुखी क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुबाट यसका लागि सहयोग संकलन गरिएको सदस्य सुशीला खतिवडाले बताइन् ।
शनिबार उनीहरु मोरङको उर्लाबारी ४ मा रहेको नमूना अनाथालय पुगेर फूटवल, ब्याडमिन्टन, टेवलटेनिस लगायतका खेल सामाग्रीहरु बितरण गरेका थिए ।
यूथ फर ब्लडका जूनियर सदस्यहरु शुभम् राजबंशी, सोहन लुइँटेल, सरु सिंखडा लगायतको उपस्थिति रहेको थियो । आगामी दिनहरुमा समेत यस्तो सहयोग रहने संस्थाकी सदस्य बिपना ओलीले बताइन् ।




Comments